- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा एभोकाडो खेति गर्दै आएका कृषकहरु र सरोकारवालाहरुबीच आइतवार अन्तरक्रिया कार्यक्रम गरिएको छ । धनकुटा नगरपालिका एभोकाडो कृषक समूहको आयोजना तथा धनकुटा नगरपालिकाको सह–आयोजनामा आइतवारसम्म सञ्चालित दुई दिने दोस्रो एभोकाडो महोत्सवको अवसर पारेर कृषक र सरोकारवालाहरुबीच अन्तरक्रिया गरिएको हो ।

Advertisement

कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, उप–प्रमुख सकुन्तला बस्नेत, प्रशासकीय अधिकृत रामबहादुर थापा, पाख्रीबास कृषि अनुसन्धान केन्द्रका प्रमुख डा.गोविन्द तिम्सिना, कृषि ज्ञान केन्द्र धनकुटाका भक्त राई, कृषि अभियान्ता जीवनकुमार राई, धनकुटा नगरपालिका एभोकाडो कृषक समूहका अध्यक्ष खेम थापा लगायत सहभागि थिए । उनीहरुले एभोकाडोमा देखापरेका रोग तथा समस्याका बारेमा जानकारी लिंदै समस्या समाधानका उपाय बारे कृषकहरुसँग छलफल गरेका हुन् ।

सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख तामाङ्गले धनकुटामा एभोकाडो खेति गर्ने कृषकहरुलाई खेतिले आर्थिक रुपमा निकै टेवा पुगेको बताए । उनले कृषकहरुले उत्पादन गरेको एभोकाडो विक्रिका लागि बजारको ब्यवस्थापन गर्ने, राम्रो गुणस्तरीय बिरुवा सहुलियत मूल्यमा वितरण गर्ने र एभोकाडोका बिषयमा पीएचडी गर्न चाहने व्यक्तिलाई नगरपालिकाले पढाइमा लाग्ने सबै खर्च उपलब्ध गराउँने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाका उप–प्रमुख बस्नेतले एभोकाडोको नर्सरी राख्न नजान्नेहरु र आर्थिक स्थित कमजोर भएकाहरुलाई नगरपालिकाले उत्पादन गरेको विरुवा उचित मुल्यमा वितरण गर्ने बताइन् ।

कार्यक्रममा धनकुटा नगरपालिका–६ आत्माराका कृषक ज्योतिराम पोखे्रलले एभोकाडोमा देखापरेको रोगका बारेमा जानकारी गराए । त्यस्तै अर्का कृषक दिनेश श्रेष्ठले आफुले एभोकाडोको १ हजार विरुवा लगाएको जानकारी दिदै एभोकाडोलाई रोगबाट बचाउन कृषि विज्ञको सुझाव मागे ।

त्यस्तै, पाख्रिबास कृषि अनुसन्धान केन्द्रका प्रमुख डा.तिम्सिनाले रोग र किराबाट बचाउन मानिसलाई असर नहुने उपायहरु अपनाउनु पर्नेमा जोड दिए । उनले एभोकाडो राम्रोसँग पाक्ने बेला भएपछि मात्र टिप्न कृषकहरुलाई सुझाव दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!