संगालोखबर सम्वाददाता

झापा । झापाको दमक नगरपालिका–६ फागुनन्द चौकस्थित परदेशी होटलको कोठामा तास खेलिरहेको अवस्थामा सात जना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा होटल संचालक ५० बर्षीय पवन लिम्बु, दमक–१ का ३५ बर्षीय भक्तीश्वर देवान, दमक–२ का ४५ बर्षीय प्रमोद लिम्बु, दमक–९ का ३५ बर्षीय रमेश महतो, पाँचथरको फाल्गुनन्द–८ का ४२ बर्षीय बविन सुब्बा आङदेम्वे, ईलामको चुलाचुली–१ का ४३ बर्षीय रुपचन्द्र राई र मोरङको पथरीशनिश्चरे–१ का ४७ बर्षीय राज कुमार श्रेष्ठ छन् ।

उनीहरुको साथबाट १ लाख ५७ हजार रुपैयाँ र तीन बुङ ताससमेत बरामद भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!