- संगालोखबर सम्बाददाता
फायल तस्बीर

पाँचथर । पाँचथरमा भालुको आक्रमणबाट आज एक वृद्ध गंभीर घाइते भएका छन् । भालुले आक्रमण गर्दा फालेलुङ गाउँपालिका–३ मेमेङका ७० वर्षीय रामकुमार राई गम्भीर घाइते भएका हुन् ।

विहान करिव ७ बजे गाईवस्तु लिएर जंगलतर्फ जाने क्रममा घरबाट करिब तीन किलोमिटर टाढा पुगेपछि उनलाई भालुले आक्रमण गरेको हो । भालुको आक्रणबाट राईको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ ।

गंभीर घाइते भएका राईलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम लगिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!