- संगालोखबर सम्बाददाता
फायल तस्बीर

पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा याङवरक–२ का ३३ वर्षीय नवराज बेघा छन् ।

पुष्पलाल राजमार्गअन्तर्गत चिवाभञ्ज्याङबाट च्याङथापूतर्फ आउँदै गरेको प्र १–०१–००१ त ९५६२ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटना हुँदा घटनास्थलमै बेघाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । ट्याक्टर सडकबाट करिव १०० मिटर तल झरेको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!