- संगालोखबर सम्बाददाता

धनकुटा । चितवनमा जारी नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले छानेका ३०१ केन्द्रिय सदस्यमा धनकुटाका तीन नेता परेका छन् ।

Advertisement

प्रतिनिधि सभा सदस्य एवं एमाले धनकुटा अध्यक्ष राजेन्द्र राई, प्रदेश सभा सदस्य एवं एमाले नेतृ विनादेवी राई र धनकुटा नगरपालिकाकी उपमेयर एवं एमाले नेतृ शकुन्तला बस्नेत ओलीले सार्वजनिक गरेको एमाले केन्द्रिय सदस्यको लिस्टमा परेका हुन् ।

ओलीले २०० पुरुष र १०१ जना महिलाको नाम केन्द्रिय सदस्यका लागि पारित गर्न आग्रह गर्दै बन्दसत्रमा पेश गरेका हुन् । उनले आफूसहित १९ जना पदाधिकारीको नाम पनि बन्दसत्र हलमा प्रस्तुत गरेका छन् । आफुले छानेका पदाधिकारी र केन्द्रिय सदस्यहरुको लिस्ट सहमतिका लागि भन्दै ओलीले वाचन गरेर सुनाए ।

आफूले पेश गरेको नाममा कसैलाई चित्त नबुझे निर्वाचनमा जान सकिने ओलीले बताए । ‘मैले भनेको नामहरुले फारम भर्न अनुरोध गर्छु । अरुले पनि भर्न पाउनुहुन्छ,’ ओलीले भने, ‘तर त्यसो गर्दा समस्या लम्बिन्छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!