संगालोखबर सम्बाददाता

झापा । झापाको दमक नगरपालिका–२ मा तास खेल्दै गरेको अवस्थामा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । स्थानीय मोहन कुमार तामाङको घरमा तास खेल्दै गरेको अवस्थामा छापा मारेर प्रहरीले तास खेल्नेहरुलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा घर धनी मोहनसहित सोही स्थानका ३८ बर्षीय पूर्णप्रसाद शिवाकोटी, ३० बर्षीय बिनोद श्रेष्ठ, ३७ बर्षीय दिलबहादुर श्रेष्ठ, दमक–३ का ३४ बर्षीय सुरेन्द्र नेम्वाङ र कमल गाउँपालिका ६ का ४१ वर्षीय दुर्गा बहादुर राई छन् ।

आइतवार अपरान्ह करिब ४ बजे ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ३ बुङ तास र नगद १ लाख २० हजार ५ सय बरामद भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!