संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । अन्तरर्राष्ट्रिय वाल अधिकार दिवसको अवसर पारेर महालक्ष्मी नगरपालिकाले ‘कोभिड–१९ ले वालवालिकामा परेको प्रभाव’ बिषयक वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

Advertisement

प्रतियोगितामा जनता मा.वि. कि छात्रा पुजा नेपालले प्रथम स्थान हासिल गरेकी छन् । त्यस्तै, अरुणोदय मा.वि. कि छात्रा अरुणा गिरी द्वितीय, सरस्वती मा.वि. कटहरेका छात्र अमृत वुढाथोकी तृतिय र सिंहदेवि मा.वि.कि छात्रा स्मारिका काफ्लेले शान्तवना स्थान हासिल गरेकी छन् ।

विजेता विद्यार्थीहरुलाई महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल, उप–प्रमुख मञ्जु अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत पर्शुराम थापा लगायतले नगदसहित प्रमाणपत्र प्रदान गरी पुरस्कृत गरेका छन् । प्रतियोगितामा महालक्ष्मी नगर क्षेत्रका ८ वटा माध्यमिक विद्यालयका १५ जना छात्र छात्रा सहभागि भएको महालक्ष्मी नगरपालिकाका सहायक महिला विकास निरीक्षक गिता लुइटेलले जानकारी दिइन् ।

यसैबीच, सोही कार्यक्रममा गत शैक्षिक सत्र २०७७/०७८ को एसईईमा महालक्ष्मी नगरक्षेत्रबाट सर्वोत्कृष्ट अंक ल्याउँने विद्यार्थीहरुलाई सम्मान पनि गरिएको छ । एसईईमा ४ जीपीए ल्याउँने ४ जना छात्र छात्रालाई जनही १० हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रमलाई संवोधन गर्दै महालक्ष्मी नगरपालिकाका प्रमुख नेपालले विद्यार्थीहरुलाई पढाईमा हौसला प्रदान गर्न नगरपालिकाले सम्मान एवं पुरस्कृत गर्ने गरेको बताए । उनले वालवालिकाहरु भोलिका कर्णधार मात्र नभएर वर्तमानका सहयात्री पनि भएकोमा जोड दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!