झापामा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
झापा । झापाको दमक नगरपालिका–५ स्थित एउटा खाली घरको कोठामा तास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ४० हजार नगद र तीन बुङ ताससहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ईलामको चुलाचुली गाँउपालिका–५ का ३९ बर्षीय सुमन सिंह राई, पाँचथरको मिक्लाजुङ गाँउपालिका–१ का ४२ बर्षीय बबिन सुब्बा, दमक–५ का ५८ बर्षीय लक्ष्मी ढकाल, ३४ बर्षीया कमला राई, ४० बर्षीया बिमला तामाङ र कमल गाँउपालिका–...



























