- संगालोखबर सम्बाददाता

झापा । झापाको कन्काई नगरपालिका–८ स्थित पूर्व पश्चिम राजमार्गको बिरिङ्ग पुलमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । २२ जना घाइते छन् । मृत्यु हुँनेमा कन्काई–७ का १६ बर्षीय उत्सव पौडेल छन् ।

Advertisement

दिउँसो करिव साढे १२ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नम्बरको बस अनियन्त्रित भई पुलको रेलिङ्गमा ठोक्किएको हो । दुर्घटनामा २३ जना घाइते भएका थिए । घाइते भएका पौडेलको उपचारकै क्रममा मृत्यु भएको हो । बाँकी ११ जना घाइतेको बि. एण्ड सी. अस्पताल र अन्यको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!