संगालोखबर सम्वाददाता
सांकेतिक तस्बीर

सोलुखुम्बु । सोलुखुम्बुमा आफ्नै बुवाले छोरा–छोरीमाथि एसिड प्रहार गरेका छन् । सोलुदूधकुण्ड नगरपालिका–५ का ५५ वर्षीय मोहन बराईलीले एसिड प्रहार गर्दा २५ वर्षीय छोरा र १६ वर्षीया छोरी घाइते भएका छन् ।

सोमबार साँझ अत्याधिक मदिरा सेवन गरेर घर आएका बराईलीले एसिड हान्दा छोरी सामान्य घाइते भएकी छिन् भने छोराको अवस्था गंभीर रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्ला अस्पताल फाप्लुमा उनीहरुको उपचार भइरहेको छ ।

Advertisement

घटनापछि बराईलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!