सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–६ ईचौलमा ट्याक्टर दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा बराह नगरपालिका–६ चकरघट्टीका २२ बर्षीय मुकेश मल्लाह छन् ।
गएराती सवा १० बजे कान्छिचौकबाट कालाबन्जारतर्फ जाँदै गरेको को २ त ६४८७ नम्बरको ट्याक्टर अनिन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टरको पछाडिको ट्रलीले किचेर मल्लाह घाइते भएका थिए । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा राती साढे ११ बजे उनको मृत्यु भएको हो ।
ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।