- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका धनकुटाका ३६ जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन् । उम्मेद्वारी फिर्ता लिनेमा पालिका प्रमुखदेखि वडा सदस्य पदसम्मका उम्मेद्वार छन् ।

Advertisement

जिल्लाका ६ वटा स्थानीय तहमा मनोनयन दर्ता गराएका ३६ उम्मेद्वारले उम्मेद्वारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए । धनकुटा नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिएका जनता समाजवादी पार्टीका गोपाल लिम्बू र उप–प्रमुखमा उम्मेदवारी दिएका सारमाया आठपहरियाले उम्मेद्वारी फिर्ता लिएका छन् । त्यस्तै, धनकुटा २ वाट वडाध्यक्षका उम्मेदवार अम्बरबहादुर राई, ८ नं. का वडाध्यक्ष उम्मेदवार सोनिका राई, ८ नं. का महिला सदस्य उम्मेद्वार भीमकुमारी राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ नं. वडाध्यक्षका उम्मेद्वार बाबु मगर र वडाध्यक्षकै स्वतन्त्र उम्मेद्वार तेजबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिएका हुन् ।

त्यस्तै, सहिदभूमि गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिएका नेकपा माओवादी केन्द्रका भरतसिंह राई र उपाध्यक्षमा मनोनयन दर्ता गराएका जनता समाजवादी पार्टीका बलेन्द्र राईले उम्मेद्वारी फिर्ता लिएका छन् । पाख्रीवास नगरपालिकाको प्रमुखमा उम्मेद्वारी दिएका नेकपा एकीकृत समाजबादीका गोपाल वराइली, उप–प्रमुख उम्मेदवार सावित्रा घिमिरे, वडा नं. १ का वडाध्यक्ष उम्मेदवार भोलानाथ अधिकारी, सोही वडाको वडाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका लोकेन्द्र तामाङ, वडासदस्यमा उम्मेदवार बनेका जसपाका गणेशबहादुर पराजुली, ३ नं. वडाध्यक्षका उम्मेदवार नेकपा एकीकृत समाजबादीका वेदवहादुर वस्नेत, वडा नं. ४ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका मिनवहादुर गुरुङ र वडा नं. १० मा वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी दिएका वीरेन्द्र समाल मगरले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यस्तै, महालक्ष्मी नगरपालिकाको उप–प्रमुखमा उम्मेद्वारी दिएका नेकपा एकीकृत समाजबादीका खगेन्द्र सुवेदीले उम्मेद्वारी फिर्ता लिएका छन् । सोही नगरपालिकाको वडा नं. १ मा वडाध्यक्षमा उम्मेद्वारी दिएका एकीकृत समाजवादीकै पदमबहादुर पौडेल, वडा सदस्य दुर्गा दाहाल, २ नं. वडा सदस्यका स्वतन्त्र उम्मेद्वार भोलामान ताम्ली, ३ नं. वडासदस्य योगेन्द्रप्रसाद दाहाल, ४ नं. वडाध्यक्षका स्वतन्त्र उम्मेदवार विनोद भण्डारी, ५ नं. मा वडाध्यक्षका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गाबहादुर पुरी, वडा सदस्यका उम्मेद्वार भविष्य पौडेल र महिला सदस्यकी उम्मेद्वार लिलामाया गिरीले पनि उम्मेद्वारी फिर्ता लिएका छन् ।

महालक्ष्मी ६ नं. वडाका दलित महिला सदस्य रोमिला परियार, ७ नं. वडाध्यक्षका स्वतन्त्र उम्मेदवार दिनेशराज सुवेदी, नेकपा एसको तर्फवाट ७ नं. वडा सदस्यका उम्मेदवार नगेन्द्र लिम्बू, ९ नं. वडाका स्वतन्त्र उम्मेदवार सुरेन्द्र भण्डारीले पनि उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

साँगुरीगढी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका नेकपा एकिकृत समाजबादीका अर्पण सुब्बा र उपाध्यक्षमा उम्मेदवारी दिएका राजकुमार लिम्बूले उम्मेद्वारी फिर्ता लिएका छन् । अध्यक्षका स्वतन्त्र उम्मेदवार जगतवहादुर राई पनि पछि हटेका छन् । ९ नं. वडाका वडाध्यक्ष उम्मेदवार जसपाका पूर्णसिंह राई र वडासदस्य मानु राईले पनि उम्मेदवारी फिर्ता गरेका छन् । त्यस्तै छथरजोरपाटी गाउँपालिका वडा नं. ४ का वडाध्यक्षका स्वतन्त्र उम्मेदवार डिल्ली बहादुर लिम्बूले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन कार्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!