- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिकाका नगर प्रमुख वृषबहादुर राईले पार्टी छोडेको घोषणा गरेका छन् । गत स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट नगर प्रमुखमा निर्वाचित भएका राईले आज साँझ सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै पार्टी छोडेको घोषणा गरेका हुन् ।

Advertisement

‘मैले आजदेखिनै पार्टीमा नरहने घोषणा गरे, दुःख त लागेकै छ तथापी !’ उनले फेसवुकमा लेखेका छन् । पार्टी छोड्नुको कारण भने मेयर राईले प्रष्ट खुलाएका छैनन् ।

उनले आफुलाई स्वतन्त्र बस्न मन लागेकाले पार्टी छोडेको प्रतिक्रिया दिए । पुनः मेयरको टिकट नपाएपछि राईले यस्तो निर्णय लिएको भन्दै सामाजिक सञ्जालमा यो बिषयको चर्चा भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!