संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

भोजपुर । भोजपुर नगरपालिका–१२ मोरीयामा आज करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा रामप्रसाद राई गाउँपालिका–७ आरीखोला घर भई मोरीया बस्ने २५ बर्षीय गणेश थापा छन् ।

बिहान पौने ७ बजे सोही स्थानमा उनी काब्राको घाँस झार्न रुखमा चढेका थिए । सोही क्रममा रुखको हाँगा झरेर बिजुलीको नाङ्गो तारमा पर्दा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

Advertisement

घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले आवश्यक कानुनी प्रकृया पुरा गरी घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!