- संगालोखबर सम्वाददाता
माथिल्लो सक्कली र तल्लो नक्कली नोट

धनकुटा । धनकुटामा शुक्रबार नक्कली नोट फेला परेको छ । धनकुटा नगरपालिका–७ परिचयमोडस्थित ग्लो एण्ड गो कस्मेटिक पसलमा १ हजार रुपैयाँको नक्कली नोट फेला परेको हो ।

पसलबाट सहकारीमा जम्मा गर्न लैजानलाई पैसा गन्ने क्रममा संकास्पद नोट भेटिएपछि पसल सञ्चालक युवक तिम्सिनाले प्रहरीलाई खबर गरेका थिए ।

Advertisement

छ ६५/८००९८७ नम्बरको नेपाली रुपैयाँ एक हजारको एक थान नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।

उनका अनुसार नक्कली नोटमा वाटरमार्क नभएको, हात्तिको चित्र उल्टो भएको र कागज पातलो भएको पाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!