- संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगरबाट चोरेको मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर–९ का ४० बर्षीय मोहम्मद ताहिर अन्सारी र २९ बर्षीय मोहम्मद आलम छन् ।

सोमबार बिहान ९ बजे विराटनगर महानगरपालिका–७ मा पार्किङमा राखिएको को ४ प ९७२५ नम्बरको मोटरसाइकल हराएको थियो । उक्त मोटरसाइकल चोरी गरेर भारततर्फ लैजाने क्रममा मोटरसाइकलसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!