संगालोखबर सम्बाददाता
फायल तस्बीर

मोरङ । मोरङको कानेपोखरी गाउँपालिका–७ मा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा विराटनगर महानगरपालिका–१६ का रुपक श्रेष्ठ छन् ।

आईतवार साँझ साढे ६ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ६७६ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४९ प ८९७१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट श्रेष्ठ गंभीर घाइते भएका थिए ।

Advertisement

उनलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!