सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा श्रीमानको कुटाईबाट श्रीमती घाइते भएकी छन् । धनकुटा नगरपालिका–९, कमलाबारीका २९ बर्षीय अनिल राईले कुटपिट गर्दा श्रीमती ३० बर्षीया कविता घाइते भएकी हुन् ।

Advertisement

मादक पदार्थ सेवन गरेका अनिलले सामान्य घरायसी विवादमा आज बिहान करिब ७ बजे श्रीमतीलाई मरणासन्न हुँने गरी कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए । उनका अनुसार कुटाईबाट कविताको हात भाचिएको छ भने अनुहार र खुट्टामा पनि चोट लागेको छ ।

उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको छ । घटनापछि अनिल फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!