संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ७० बर्षीय जयराम सार्की छन् ।

मंगलवार दिउँसो बाँस झ्याङमा सल्केको आगो निभाउने क्रममा उनको शरीरमा आगो सल्किएको थियो । उनी आगोले जलेर घाइते भएका थिए । घटनाको जानकारी पाएपछि बिमानस्थल सुरक्षा गार्ड कांगेलको प्रहरी टोली घटनास्थल गएको थियो ।

Advertisement

प्रहरीले सार्कीलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजादै गर्दा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!