संगालोखबर सम्बाददाता
फायल तस्बीर

संखुवासभा । संखुवासभामा माछा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा मादी मुलखर्क नगरपालिका–३ का टिकाराम विश्वकर्माका ६ बर्षीय छोरा प्रविन छन् ।

मंगलवार दिउँसो करिव ४ बजे छिमेकीको माछा पोखरीमा डुबिरहेको अवस्थामा बालककी आमाले उनलाई फेला पारेकी थिइन् । उनलाई उपचारका लागि मादी क्लिनिकमा लगिको थियो ।

Advertisement

उपचारकै क्रममा बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!