संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाको चौविसे गाउँपालिका–५ स्थित तमोर नदीमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

बुधबार साँझ करिब ५ बजे माछा मार्ने क्रममा डुब्दा चौबिसे गाउँपालिका–५ सदामटारका ४५ बर्षीय प्रकाश माझीको मृत्यु भएको हो ।

Advertisement

डुबेको स्थान भन्दा केही तल नदीमा माझीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी चिरञ्जिवी दाहालले संगालोखबरलाई जानकारी दिए ।

नदीबाट मृतकको शवलाई निकालेर पोष्टमार्टमका लागि धनकुटा जिल्ला अस्पताल ल्याइदैछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!