ओखलढुंगा । ओखलढुंगामा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा खिजिदेम्बा गाउँपालिका–८ भुपिसुर्केका ७० बर्षीय जाङमु शेर्पा छन् ।
आइतवार साँझ साढे ६ बजे घरैमा बसिरहेका बेला शेर्पालाई चट्याङले लागेको थियो । चट्याङले लाग्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।