संगालोखबर सम्वाददाता
फायल तस्बीर

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिका–५ लुम्वुघाटस्थित तमोर नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उदयपुरको बेलका नगरपालिका–६ का ३० बर्षीय हरी राई मृत भेटिएका छन् ।

बैशाख २ गते दिउँसो साथीहरुसँग रवरको ट्युवमा पौडी खेल्ने क्रममा डुबेर राई बेपत्ता भएका थिए । प्रहरीले उनको खोजी गरिरहेको थियो । सोही क्रममा सोमवार साँझ ५ बजे धनकुटाको चौबिसे गाउँपालिका–७ स्थित तमोर नदी किनारमा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

Advertisement

प्रहरीका अनुसार राई कुम्मायक–५ लुम्वुघाटस्थित तमोर नदीमा पाँचथर–तेह्रथुम जोड्ने निर्माणाधिन पुलका कामदार हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!