संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

धनकुटा । बलात्कार आरोपमा धनकुटाका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाख्रीवास नगरपालिका वडा नं.३ का २० बर्षीय सुवास कटुवाल छन् ।

घटना गत फागुन ८ गतेको हो । विहान करिब ५ः३० बजे वालिकालाई कटुवालले बलात्कार गरेको आरोप लगाइएको छ । घटनाको दुई महिनापछि पीडित पक्षले गत सोमबार प्रहरीमा उजुरी दिएपछि सोही दिन प्रहरीले कटुवाललाई पक्राउ गरेको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी चिरञ्जिवी दाहालले जानकारी दिए ।

Advertisement

पीडित पक्षबाट प्रहरीमा उजुरी ढिलो आउँनुको कारण खुलेको छैन । १८ बर्ष मुनिका वालिकासँग सहमतिमै शारिरिक सम्पर्क भएपनि जवरजस्ती करणी ठहर हुँने कानूनी व्यवस्था पनि छ ।

पक्राउ परेका कटुवाललाई बुधबार जिल्ला अदालत धनकुटामा उपस्थित गराई अदालतबाट म्याद थप गरेर घटनाको बिषयमा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!