संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–२ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा रामधुनी–८ का ४३ बर्षीय धुर्व कुमार चौधरी छन् ।

बुधवार राती पौने ८ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १७ प ३२४५ नम्बरको मोटरसाइकल अनियन्त्रीत भई हसनपुरस्थित पुलबाट नहरमा खसेको थियो । नहर खस्दा मोटरसाइकलसहित चालक बेपत्ता भएका थिए । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले उनको खोजी गरिरहेको थियो । सोही क्रममा नहरमा खसेको मोटरसाइकलसहित राती साढे ९ बजे चौधरी मृत अवस्थामा फेला परेका हुन् ।

Advertisement

चौधरीको शव परीक्षणका लागि धरानस्थित वीपी कोईरालका स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!