- संगालोखबर सम्वाददाता
कार्यक्रममा सहभागि पत्रकारहरु । तस्वीर: सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मंगलबार धनकुटामा स्थानीय तह निर्वाचन आचारसंहिताको बिषयमा छलफल कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले सञ्चारकर्मीहरुबीच छलफल कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता बराइली र महासंघ धनकुटाका संस्थापक अध्यक्ष सञ्जयसन्तोषी राईले आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष नगेन्द्र राईले निर्वाचन आचारसंहिताको बारेमा जानकारी गराए ।

Advertisement

पत्रकार महासंघका जिल्ला सचिव हरीबहादुर लम्जेलले सञ्चालन गरेको कार्यक्रममा महासंघका उपाध्यक्ष विदुर खवासले मन्तब्यमार्फत सहभागिहरुलाई स्वागत गरे । कार्यक्रममा जिल्लामा क्रियाशिल दुई दर्जन बढी पत्रकारहरु सहभागि थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!