संगालोखबर सम्बाददाता

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकास्थित बोया विहीबारे बजारमा आगलागी हुँदा जलेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय खेममणी तामाङकी साढे २ बर्षीया छोरी रेश्मा छिन् ।

Advertisement

आगलागीमा परी खेममणी र मिना तामाङ घाइते भएका छन् । उपचारका उनीहरुलाई धरान लगिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको छ । आगलागीबाट चार घर जलेर पुर्ण रुपमा नष्ट भएका छन् भने अन्य क्षतिको विवरण आउन बाँकी छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!