- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । पाख्रीबास नगरपालिका–३ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय सञ्चालनका लागि जग्गा उपलब्ध गराएको चार बर्ष वितिसक्दासम्म पनि मुआब्जा नपाएको स्थानीयबासीले गुनासो गरेका छन् । स्थानीयबासीले बिहिबार पत्रकार सम्मेलन गरेर मुआब्जा माग गरेका हुन् ।

Advertisement

आठ जनाको करिब ४२ रोपनी जग्गाको ७५ लाख ३७ हजार ५ सय रुपैयाँ मुआब्जा पाउँनुपर्ने उनीहरुको माग छ । क्याम्पस सञ्चालनका लागि पाख्रीवास–३ का टायल बहादुर बस्नेतले २४ रोपानी, कृष्ण मोक्तानले ७ रोपनी, जीतबहादुर राईले ५ रोपनी, गणेश बस्नेतले २ रोपनी, पवन् चोङ्वाङले १.५ रोपनी, गणेश पौडेलले १ रोपनी, मिना पौडेलले १ रोपनी ३ आना र उमा कटुवालले १ रोपनी जग्गा दिएका थिए ।

कृषि क्याम्पसका लागि २०७४ माघमा जग्गा पास गरिदिएको भएपनि अहिलेसम्म मुआव्जा नपाएको स्थानीय राजेन्द्र बस्नेतले बताए । चार बर्षससम्म पनि मुआब्जा नदिनु गैरजिम्मेवारीपन भएको भन्दै उनले तत्काल मुआब्जाको व्यवस्था मिलाउँन माग गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!