धनकुटामा चार दलीय गठबन्धनसँग भिड्दा पनि एमाले नै बन्यो शक्तिशाली
धनकुटा । स्थानीय तह निर्वाचनमा चार दलिय गठबन्धनसँग प्रतिष्पर्धा गर्दा पनि धनकुटामा एमाले नै पहिलो पार्टी बनेको छ । निर्वाचित जनप्रतिनिधि संख्या, कार्यपालिकाको बहुमत र जिल्ला समन्वय समिति गठनका हिसाबले फेरी पनि धनकुटामा एमाले नै पहिलो र शक्तिशाली पार्टीको रुपमा स्थापित भएको हो ।
गत स्थानीय तह निर्वाचनमा एमाले सबैभन्दा शक्तिशाली पार्टीको रुपमा स्थापित थियो । सातै पालिका प्रमुख, उप-प्रमुखसहित ४३ व...































