- संगालोखबर सम्बाददाता
फायल तस्बीर

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ चारखोले गोलाईमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । दुर्घटनामा धनकुटा नगरपालिका–८ का २३ बर्षीय सुुसन राई र उनकी बहिनी २१ बर्षीया सुस्मिता राई घाइते भएका हुन् ।

मंगलवार राती करिव ९ बजे धरानबाट धनकुटातर्फ आउँदै गरेको को.३० प १४११ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । मोटरसाइकल अनियन्त्रित भई सडकमा लड्दा चालक सुुसन र मोटरसाइकलमा पछाडि सवार सुस्मिता घाइते भएका हुन् ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!