संगालोखबर सम्बाददाता

विराटनगर । मोरङको जहदा गाउँपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । जहदा–२ बडकी बैरियाकी ३५ बर्षीया गीतादेवीको हत्या आरोपमा उनका श्रीमान ४३ बर्षीय दिनेश कुमार राजभर पक्राउ परेका हुन् ।

Advertisement

शुक्रवार साँझ करिव १० बजे घरायसी विवादका क्रममा दिनेशले काठ र फलामको रडले गीताको टाउको र कम्मरमा हानेर उनको हत्या गरेका थिए । श्रीमतीको हत्या गरेपछि उनी फरार भएका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले मंगलवार उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका राजभरलाई मोरङ जिल्ला अदालतबाट ज्यानसम्बन्धि कसूरमा दुई दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएस्पी दिपक श्रेष्ठले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!