- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । धनकुटामा चित्रकार डिल्लीकृष्ण आलेको एकल चित्रकला प्रदर्शनी सुरु भएको छ । मदनचौकस्थित हाम्रो बहुमुखी पाठशालाको आयोजनामा पाठशाला परिषरमा बुधबारबाट तीन दिने प्रदर्शनी सुरु भएको हो ।

Advertisement

धनकुटा नगरपालिकका प्रमुख चिन्तन तामाङले चित्र पेपरमा ‘पेन्ट’ गरेर प्रदर्शनीको उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै उनले कला क्षेत्रको संरक्षणमा नगरपालिकाले सहयोग गर्ने बताए । धनकुटासहित अन्य क्षेत्रका पर्यटकीय स्थलहरु, मुख्य चौक, कला संस्कृति झल्कने जातजातिका भेषभुषा, मठमन्दिर लगायतलाई आलेले चित्रमा उतारेका छन् । त्यही चित्रहरु प्रदर्शनीमा राखिएको छ ।

चित्रकार आलेले नगर प्रमुख तामाङ र उनकी धर्म पत्नीको चित्र कागजमा उतारेका थिए । सो चित्र नगर प्रमुख तामाङलाई हस्तान्तरण गरे ।कार्यक्रममा पाठशालाले धनकुटा नगरका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन पनि गरेको छ ।

यस्ता छन् प्रदर्शनीमा राखिएका चित्र…

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!