- संगालोखबर सम्वाददाता
फाइल तस्वीर

धनकुटा । धनकुटाको भेडेटारबाट गाँजासहित दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१ का १८ बर्षीय अनुप गुरुङ्ग र धनकुटा–३ का २२ बर्षीय मिसेक राई छन् ।

तेह्रथुमको शुक्रबारेबाट धरान जादै गरेको को १ ख ५१०५ नम्बरको बसमा चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ७५० ग्राम गाँजा बरामद भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिए ।

भेडेटारका प्रहरी नायब निरीक्षक उज्वल शाक्य नेतृत्वको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा झोलाभित्र पोको पारेर राखिएको अवस्थामा गाँजा फेला परेको हो ।

गाँजा फेला परेपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भेडेटारमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!