- संगालोखबर सम्बाददाता
फाइल तस्बीर

धरान । सुनसरीको धरानमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१४ विजयपुरका २५ बर्षीय सौगात सुबेदी छन् ।

झापाको चन्द्रगढी घर भई हाल हात्तीसार कलेज धरानको क्वाटरमा बस्दै आएकी ४२ बर्षीया शान्ता सुवेदीलाई उनका छोरा सौगातले शनिबार दिउँसो साढे १ बजे धारिलो हतियार बाम्फोकले टाउकोमा हानेका थिए । बाम्फोकले लागेर उनी घाइते भएकी थिइन् । उपचारका लागि उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

Advertisement

प्रतिष्ठानमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइयो । न्यूरो अस्पतालमासमेत उपचार सम्भव नहुने भएपछि चिकित्सकको सल्लाह अनुसार घर फिर्ता ल्याउने क्रममा आज दिउँसो ३ बजे बाटैमा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटनाको विषयमा प्रहरीले थप अनुसन्धमन गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!