संगालोखबर सम्बाददाता

विराटनगर । विराटनगर महानगरपालिका–१५ र तेह्रथुमको लालिगुँरास नगरपालिका–२ बाट प्रतिवन्धित लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

Advertisement

लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतको जोगबनीबाट नेपाल आउँदै गरेका सुनसरीको इटहरी–६ का २० बर्षीय आस्मिक कार्कीलाई विराटनगर–१५ बाट पक्राउ गरेको हो । प्रहरीलाई शंका लागेपछि चेकजाँच गर्ने क्रममा उनको साथबाट ४२ मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।

त्यस्तै आज बिहान साढे ७ बजे इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको गस्ती टोलीले लागुऔषधसहित स्थानीय २४ बर्षीय जोसेफ गुरुङलाई पक्राउ गरेको छ । बसन्तपुर बजारमा शंकास्पद अवस्थामा हिडिरहेका गुरुङले बोकेको झोला प्रहरीले चेकजाँच गर्ने क्रममा ६ ग्राम १०० मिलिग्राम ब्राउनसुगर बरामद भएको हो ।

पक्राउ परेका दुबै जनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!