संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–४ भैसेमा दुई वटा जिप आपसमा ठोक्किदा तीन जना घाइते भएका छन् । धरानबाट पाँचथरतर्फ जाँदै गरेको को १ च ९२५८ नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ४८२३ नम्बरको जिप तमोर करिडोर अन्तरगत कच्ची सडकखण्डमा आपसमा ठोक्किएका हुन् ।

Advertisement

जिप आपसमा ठोक्किदा ना १ ज ४८२३ नम्बरको जिपमा सवार पाँचथरको तुम्मेवा गाउँपालिका–४ का २८ बर्षीय देश कुमार शेर्मा, सुनसरीको ईटहरी–१७ की ३९ बर्षीया जयकला लिम्बु र उनकी ४ महिने छोरी लासेमी घाइते भएका छन् । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ना १ ज ४८२३ नम्बरको जिपका चालक मोरङको मिक्लाजुङ–९ का ३२ बर्षीय सन्त बहादर तामाङ र को १ च ९२५८ नम्बरको जिप चालक ईटहरी–८ का ४५ बर्षीय विनय चौधरीलाई प्रहरी चौकी मुलघाटले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!