- संगालोखबर सम्वाददाता

विराटनगर । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि सर्वसाधरणले धर्ना दिएका छन् । सरकारले अस्वभाविक रुपमा मूल्यबृद्धि गरेर सर्वसाधारणलाई मारमा पारेको भन्दै उनीहरु विरोधमा उत्रिएका हुन् ।

Advertisement

खाना पकाउँने दर्जन भन्दा बढी ग्यास सिलिण्डर सडकमा तेर्स्याएर उनीहरु प्लेकार्डसहित बसेका हुन् । ‘मूल्यबृद्धि फर्ता गर, खाना पकाउँने ग्यासमा लगाइएको कर मिनाहा गर, महंगीविरुद्ध एकजुट हौं’ जस्ता नारा लेखिएका प्लेकार्डसहित उनीहरु विरोधमा उत्रिएका हुन् ।

मूल्यबृद्धि तत्काल फिर्ता गर्नुपर्ने उनीहरुको माग छ । सरकारले जनताको आवाजलाई वेवास्ता गरेमा आन्दोलन चर्काउँने उनीहरुले चेतावनीसमेत दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!