संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगरमा मंगलबार राती एक युवा मृत अवस्थामा भेटिएका छन् । विराटनगर महानगरपालिका–१२ स्थित आइतबारे हटियाबाट पश्चिमतर्फ रहेको नहर छेउमा राती करिब ८ः३० बजे युवाको शव भेटिएको हो ।

Advertisement

शंकास्पद अवस्थामा भुइमा लडिरहेको देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । करिब ३०/३५ वर्षीय जस्तो देखिने ती युवा को हुन् पहिचान खुलेको छैन ।

उनको मृत्युको कारण पनि खुल्न सकेको छैन । इलाका प्रहरी कार्यालय रानी र बखरी प्रहरी चौकीले घटनाको विषयमा अनुसन्धान थालेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!