संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१४ स्थित भदौरेमा आज ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पथलैयाबाट सोलु हाईड्रोपावरका लागि सिमेन्ट लिएर जाँदै गरेको ना ८ ख ८२९७ नंम्बरको ट्रक दुर्घटना भएको हो ।

दुर्घटनामा चालकसहित ट्रकमा सवार चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए । मृत्यु हुँनेमा चालक बाराको सिमरा उपमहानगरपालिका–१ का ३३ बर्षीय सुदिप घलान, २५ बर्षीय निकेश खड्का, १७ बर्षीय अनोज लामा र ३७ बर्षीय राजन तामाङ छन् ।

Advertisement

ट्रक सडकबाट करिव १०० मिटर तल झरेको छ । ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी निरीक्षकसहितको टोली घटनास्थल गएर शव निकाल्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!