संगालोखबर सम्वाददाता

उदयपुर । उदयपुरको कटारीमा अंशबण्डाको विवादमा आज बिहान नातीले हजुरआमाको हत्या गरेका छन् । कटारी नगरपालिका–७ रिस्कुका २६ बर्षीय रोहित दनुवारले आफ्नै हजुरआमा ७० बर्षीया मनमायाको हत्या गरेको प्रहरीले जनाएको छ ।

Advertisement

बिहान ६ बजे हजुरआमा र नातीबीच जग्गा अंशबण्डाको बिषयमा बादबिबाद भई झगडा भएको थियो । रिशको आवेगमा रोहितले मनमायालाई शरिरका बिभिन्न भागमा खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएका प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली घटनास्थल गएको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि कटारी अस्पताल ल्याइएको छ । हत्यामा संलग्न रोहितलाई प्रहरीले पक्राउ गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!