संगालोखबर सम्बाददाता

धनकुटा । मानव अधिकार तथा शान्ति समाज धनकुटाको सभापतिमा हरिबहादुर लम्जेल सर्वसम्मत चयन भएका छन् । नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा शनिवार सम्पन्न साधारण सभाले पत्रकार लम्जेलको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

Advertisement

सभाले समितिको उपसभापतिमा नर्वदा लिम्बु (याखा), सचिवमा कविता तुम्वाहाङ्ग, सह–सचिवमा रिताकुमारी ओझा र कोषाध्यक्षमा जीवनाथ ढुंगानालाई चयन गरेको छ । त्यस्तै, सदस्यहरूमा श्यामसुन्दर सन्त, विकास श्रेष्ठ, शर्मिला लिम्बु, धन खोलाल राई र शारदा राई चयन भएका छन् ।

कार्यक्रममा संस्थाका केन्द्रिय सदस्य तथा पर्यवेक्षक लक्ष्मीनारायण मिश्र, पूर्व केन्द्रिय सदस्य दिपेन्द्र राई, नेपाल ट्रेड युनियन संघका अध्यक्ष विगेन्द्र याखा, नेपाल शिक्षक संघका अध्यक्ष थिरेन्द्रबहादुर लिम्बु, सरस्वती माविका पूर्व प्रधानाध्यापक टंकबहादुर तुम्बाहाङ लगायतले मन्तव्य राखेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!