- संगालोखबर सम्वाददाता
फायल तस्बीर

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका–८ दोखु ढुङगेस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

शनिवार खोक्सेबाट सुकेटारतर्फ जाँदै गरेको प्रदेश नं. १–०२–००३ ह ३९०० नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिव १५० मिटर तल भीरमा खसेको थियो । दुर्घटना हुँदा अटोमा सवार पाथिभरा याङबरक गाउँपालिका–१ का ७५ वर्षीय धन बहादुर गुरुङ र फुङलिङ–८ बस्ने उनका नाति ११ वर्षीय ईशान गुरुङको घटनास्थलमै मृत्यु भएको हो ।

Advertisement

अटो चालक पाथिभरा याङबरक–१ का २९ वर्षीय गंगाराम राई गम्भीर घाइते भएका छन् । ताप्लेजुङ जिल्ला अस्पतालमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!