संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाले आइतबार (आज) देखि तीन दिन सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले राई जातिको पापानी पर्वको अवसरमा दुई  दिन र सहिद स्मृति दिवसको अवसरमा एक दिन स्थानीय सार्वजनिक विदा दिएको हो ।

Advertisement

कात्तिक २२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले बिदा दिने निर्णय गरेको हो । सहिदभूमिमा राई जातिको बाहुल्यता छ । त्यहाँ बसोबास गर्ने राई जातिले विशेष पर्वको रुपमा पापानी मनाउँने गर्छन् । स्थानीयवासीको मुख्य पर्व भएकाले पापानीको अवसरमा आइतबार र सोमबार सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष मनोज राईले बताए ।

त्यस्तै, गाउँपालिकाले सहिद स्मृति दिवसको अवसरमा मंगलबार सार्वजनिक विदा दिएको छ । स्थानीय बिदामा गाउँपालिका कार्यालय, वडा कार्यालय, विद्यालय, स्वास्थ्य चौकी लगायत बन्द हुनेछन् । पापानी र सहिद स्मृति दिवसका कारण लगातार तीन दिन बिदा परेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!