- संगालोखबर सम्वाददाता

मोरङ । मोरङको उर्लाबारीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । पथरी शनिश्चरे नगरपालिका–१ का ४२ वर्षीय काजी मोहरालाई उर्लाबारी नगरपालिका–८ का २२ वर्षीय सुजन पाचकोटीले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

Advertisement

घरमा पाहुना आएका मोहरालाई आइतबार साँझ करिव साढे ११ बजे घरायसी विवादका क्रममा उनका भान्जा सुजनले टाउकोमा दाउ प्रहार गरेका थिए । दाउ प्रहारबाट घाइते भएका मोहरालाई उपचारका लागि मंगलबारेस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर लगिएको थियो । उपचारकै क्रममा सोमबार राती १ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछि खटिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीको टोलीले पाचकोटीलाई पक्राउ गरी घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!