- संगालोखबर सम्वाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले आफ्नो प्रतीक चिन्ह (लोगो) बनाउनेलाई एक लाख पुरस्कार दिने भएको छ । महानगरले आफ्नै प्रतीक चिन्ह प्रयोगमा ल्याउन लागेको हो ।

Advertisement

महानगरका प्रमुख नागेश कोइरालाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचना जारी गरिसकेको छ । इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन् ।

मंसिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनोट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । छनोटमा परेको उत्कृष्ट लोगोलाई एक लाख रुपैयाँ नगद प्रदान गरिनेछ ।

छनोट भएको लोगो महानगरले प्रयोगमा ल्याउनेछ । लोगोमा समेटिनुपर्ने विषय र शर्तसहित महानगरले सार्वजनिक सूचनासमेत प्रकाशित गरिसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!