- संगालोखबर सम्वाददाता
फायल तस्बीर

झापा । झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गङ्गा दाहालको धान खेतमा वयस्क भाले हात्ती मृत अवस्थामा फेला परेको हो ।

मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाअध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिए । उनका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दाह्रा छैन । डिभिजन वन कार्यालयको टोली आएर परीक्षण गरेर त्यही खाल्डो खनेर पुरिएको हो । जलथल जङ्गलमा एक दर्जन बढी हात्ती बस्दै आएका छन् ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!