- संगालोखबर सम्बाददाता

धनकुटा । धनकुटा नगरपालिका–९ बेलहारामा शंकास्पद बस्तु फेला परेको छ । बेलहारा प्रहरी चौकीबाट करिब डेढ किलोमिटर उत्तरमा बम जस्तो देखिने बस्तु फेला परेपछि सो क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

Advertisement

शंकास्पद बस्तु भेटिएपछि अहिले सो स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पठाइएको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए ।

‘डल्लो बस्तुमा तार बेरिएको देखिएको छ, नजिकै एउटा बोरा पनि छ,’ एसपी अधिकारीले संगालोखबरसँग भने, ‘के हो भन्ने यकिन भइसकेको छैन, अहिले त्यहाँ सेनाको बम डिस्पोजल टोली गएको छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!