रबिन कटेल

धनकुटा । प्रदेश सभा धनकुटा क्षेत्र नं.२ बाट नेकपा एमालेका उम्मेद्वार इन्द्रमणी पराजुली निर्वाचित भएका छन् । एमाले धनकुटाका अध्यक्षसमेत रहेका पराजुली ४ हजार ५ सय ६७ मतान्तरसहित प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

Advertisement

पराजुलीले १५ हजार ७ सय ९७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी कुसुम कुमारी श्रेष्ठले ११ हजार २ सय ३० मत ल्याएकी छन् । पराजुलीले सुरुवातदेखिनै अग्रता कायम गरेका थिए ।

उनी सो क्षेत्रबाट दोस्रो पटक प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा संघीय समाजवादी फोरमका अर्जुन थापालाई १२ हजार ४ सय २१ मतान्तरले पराजित गर्दै पराजुली प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

यो पनि हेर्नुहोस्…

धनकुटाबाट एमालेका राजेन्द्र राई बिजयी

 

धनकुटा क्षेत्र नं.१ मा ६ हजार ७ सय मतान्तरसहित एमालेका निरन राई निर्वाचित

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement