- संगालोखबर सम्बाददाता
फायल तस्वीर

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका–५ मा ग्यास लिक भएर आगो लाग्दा जलेर पाँच वर्षीय बालकको मृत्यु भएको छ । आगोमा जलेर सन्तबहादुर राईका छोरा आयुषको मृत्यु भएको हो ।

भान्साकोठामा खाना पक्राउने क्रममा ग्यास लिक भएर आगो लागेको प्रहरीले जनाएको छ । आगो लाग्दा बाँसको बेरा र टिनको छाना भएको भान्सा कोठा जलेको छ । सोही क्रममा राईकी ३० वर्षीया श्रीमती आशा र छोरा आयुष जलेर घाइते भएका थिए ।

Advertisement

उनीहरूलाई उपचारका लागि घोडेटारस्थित स्वास्थ्य केन्द्र लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा आयुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!