संगालोखबर सम्बाददाता

भोजपुर । भोजपुरको पौवादुङ्मा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आज दिउँसो सत्ता गठबन्धनको चुनावी सभा नजिक बम विस्फोट भएको छ । बिस्फोटमा परी एक जना घाइते भएका छन् । विस्फोटमा अरुण गाउँपालिका–४, चरम्वीका सुमन श्रेष्ठ घाइते भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

Advertisement

चुनावी सभालाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस प्रवक्ता रामशरण महत लगायत नेताहरु आउने कार्यक्रम छ । मोरङ, खोटाङलगायत ठाउँमा पनि जाने कार्यक्रम भएकाले प्रचण्ड कार्यक्रमस्थल आइपुगेका छैनन् ।

बम विस्फोटपछि त्यसक्षेत्रमा सुरक्षा तैनाथी बढाइएको भोजपुरका प्रहरी प्रमुख डीएसपी शरतबहादुर थापाले जानकारी दिए । उनले भने,–‘आसपास क्षेत्रमा सुरक्षा तैनाथी बढाएका छौं, अहिले अवस्था सामान्य छ । कार्यक्रम चलिरहेको छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!